Rule 9
समितिको काम, कर्तव्य र अधिकार
समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
- आफ्नो क्षेत्रभित्रका प्राकृतिक वातावरणको संरक्षण, सामुदायिक विकास, प्राकृतिक सम्पदाको विकास तथा त्यसको सन्तुलित व्यवस्थापनको लागि व्यवस्थापन कार्य योजना बनाई संरक्षण अधिकृत मार्फत प्रमुख समक्ष पेश गर्ने ।
- यस नियमावली बमोजिम माछा मार्ने दस्तूर, वन पैदावार उपभोग दस्तूर, पशु चरिचराउ दस्तूर वा प्राकृतिक स्रोत उपयोग दस्तूर उठाउने साथै अनुमतिपत्र दिने ।
- प्रमुख वा संरक्षण अधिकृतलाई आवश्यक पर्ने विवरण वा तथ्याङ्कहरू उपलव्ध गराउने ।
- आफ्नो क्षेत्रभित्र पहिरो, भू-क्षय जस्ता प्रकोपको रोकथाम, बन पैदावारको संरक्षण, प्राकृतक स्रोत तथा वन्यजन्तुको संरक्षण, वातावरणीय सफाई तथा उपभोक्ताहरूको सामुदायिक विकासको निमित्त विभिन्न रचनात्मक कृयाकलापहरू संचालन गर्ने ।
- प्रमुख तथा संरक्षण अधिकृतले समय समयमा दिएको निर्देशनको पालना गर्ने गराउने ।